काठमाडौं ८ पुस । काठमाण्डौ महानगरपालिकाले न्यायिक सहजकर्ता इन्टर्न का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।
महानगरपालिकाले सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता ९इन्टर्न० का रुपमा काम गर्नको लागि निवेदन दिन आह्वान गरेको हो ।
कानून विषयमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीहरूले यही पुस १७ गतेसम्म महानगरपालिकाको कानून तथा मानव अधिकार विभागमा निवेदन दिन सक्नेछन् ।
निवेदनसँगै नागरिकताको प्रतिलिपि, कानून क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिश पनि चाहिने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्