काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि एमालेतर्फबाट उमेद्वार बनेका गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसले राष्ट्रियसभामा उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध भएका हुन् ।
तिमिल्सिनाले संसदमा सोमबार उम्मेदवारी दर्ता गरेका थिए।यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।
तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।
राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्