ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा केपीलाई गोकुलको चुनौती, विद्यार्थी संगठनमा समानान्तर कमिटी


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   ११ : ०६   बजे

काठमाडौं ८ पुस । काभ्रेमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका छन् ।

अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा पक्षको हो । शनिबार सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन् ।

ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् ।

अधिवेशनले कार्यालय सचिवमा विकास योञ्जनलाई निर्वाचित गरेको छ । सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

 

बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन् ।

पोलिट्व्युरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो ।

संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्काको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजेपछि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो ।

केन्द्रीय निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।

अनेरास्वियु काभ्रेका निवर्तमान अध्यक्ष मिलनकुमार गौतमले वन्दसत्रका सबै प्रक्रिया सकेर ब्यानर र झण्डासमेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए ।

अनेरास्वियु निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंले पनि विधि, विधान र प्रक्रिया सबै लत्याएर गरिएको घोषणा मान्य नहुने बताए ।

अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्लासमेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बहुमत स्थायी कमिटी भने निराजनको कमिटीको पक्षमा रहेको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group