काठमाडौं ८ पुस । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।
शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य ९बेलायत०की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा। शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा। शंकरप्रसाद शर्मा रहेका छन् ।
कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्