ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा जनप्रतिनिधिका सन्तानलाई एमबीबीएस छात्रवृत्ति दिन कार्यविधि संशोधन, विरोधपछि आवेदन स्थगित


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   २ : १०   बजे

काठमाडौं ८ पुस । पोखरा महानगरपालिकाका बहालवाला जनप्रतिनिधिका सन्तानलाई चिकित्सा शिक्षा एमबीबीएस पढ्न छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि नै संशोधन गरेको छ । यसअघि कर्मचारीका सन्तानलाई मात्र छात्रवृत्ति दिने व्यवस्था भएकोमा जनप्रतिनिधिका सन्तानलाई पनि समेट्ने गरी कार्यविधि संशोधन गरिएपछि विरोध भएको छ । विरोधपछि महानगरले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आह्वान गरेको सूचना स्थगित गरेको छ ।

पोखरा महानगरबाट प्रदान गरिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न नगर प्रमुखको संयोजकत्वमा छात्रवृत्ति व्यवस्थापन समिति बनाइएको छ । सोही समितिको पुस २ गते बैठकले छात्रवृत्तिका लागि जनप्रतिनिधि र कर्मचारीका सन्तानबाट आवेदन माग गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार पुस ४ गते सूचना जारी गरी १५ दिनभित्र आवेदन दिन भनिएको थियो ।

तर सर्बत्र विरोध भएपछि आज बिहान पोखरा महानगरपालिकाले सूचना जारी गरी मेयर धनराज आचार्यको निर्देशन अनुसार आवेदन आह्वानका लागि जारी गरेको सूचना स्थगित गरिएको जनाएको छ ।

पोखरा महानगरपालिकाले २०७५ सालमा ‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि’ निर्माण गरेको थियो । यो कार्यविधिले विभिन्न कोटा निर्धारण गरेर विशेष गरी कक्षा ११ मा विद्यार्थी छनोट गर्दै आएको थियो । त्यही कार्यविधिमा टेकेर गत साल झण्डै ४ सय जनालाई पोखरा महानगरले छात्रवृत्ति प्रदान गरेको थियो ।

संघीय मामिला मन्त्रालयले कर्मचारीका छोरछोरीलाई एमबीबीएस र इन्जिनियरिङ पढ्न छात्रवृत्ति प्रदान गर्ने व्यवस्थालाई हेरेर पोखरा महानगरपालिकाले पनि दिनुपर्ने माग कर्मचारीले गर्दै आइरहेका थिए । गत साल असोजमा त्यो व्यवस्था गर्न माग गर्दै कर्मचारीले ज्ञापन पत्र नै बुझाएका थिए ।

खासगरी दोस्रो जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालका छोरा विस्तृत दाहाललाई २०७९ साल साउनमा पोखरा महानगरले छात्रवृत्तिमा एमबीबीएस पढ्ने व्यवस्था मिलाइदिएपछि कर्मचारी र जनप्रतिनिधिको लोभ जागेको थियो । शहीदपुत्र दाहाल अहिले महानगरको पूर्णछात्रवृत्तिमा मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group