ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई निलम्बन गर्न मिल्दैन, सभामुखको जवाफ, नियमकानुन हेर्छौ -रास्वपा


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   २ : ३६   बजे

काठमाडौं ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिरसहित सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

सोमबार बिहान सिंहदरबारस्थित कार्यालय सभामुख घिमिरेसँग भेट गर्दै रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने बताएका हुन्।

उनीसँग सांसद गणेश पराजुली र सोबिता गौतम पनि सँगै थिए। जवाफमा सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताएका थिए।

‘उहाँहरुको कुरा नोटिस निकाल्न मिल्दैन भन्ने छ’, सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले  भने, ‘सभामुखले हामी कानुन नियमहरु हेर्छौँ। विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्छौँ भन्नुभयो।’

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो।

सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सांसद रविविरुद्ध उक्त कसुरमा अभियोगपत्र दायर भएको जानकारी सभामुखलाई गराएको थियो।

सांसद पद निलम्बन पर्ने भएसँगै रास्वपाका नेताहरुले सभामुखलाई सोमबार भेटेका हुन्। यदि निलम्बन गरिए रास्वपाले यसविरुद्ध अदालत जाने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu