ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटकमा प्रतिबन्ध नलगाउने ट्रम्पको सङ्केत


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   ३ : ३०   बजे

काठमाडौं ८ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गर्नुभएको छ । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने सङ्केत गर्नुभएको हो ।

ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताउनुभएको छ । उहाँले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गर्नुभएको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताउनुभएको छ । आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।

प्रयोगकर्ताको गोपनीयता भङ्ग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाउनुभएको थियो ।

यदी टिकटकले कानूनको पालना नगरेमा एप्पल र गुगल जस्ता एप स्टोर अपरेटरहरूलाई उनीहरूको प्लेटफर्मबाट टिकटक हटाउन निर्देशन दिने कानूनमा उल्लेख छ । तर अमेरिकी सरकारको यो कानून र निर्देशनविरुद्ध टिकटकले अदालतमा मुद्धा दर्ता गरेको छ । जसको निर्णायक सुनुवाई आउँदो महिना अर्थात् जनवरीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group