काठमाडौं ८ पुस । सोमबार सेयर बजार परिसूचक नेप्से २८।९१ अंकले बढेर दुई हजार ६१२।२० विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ६१, फाइनान्स ५१, होटल तथा पर्यटन २८, हाइड्रोपावर ९०, उत्पादन १६७, निर्जीवन बीमा १४, अन्य १२, जीवन बीमा १९, माइक्रोफाइनान्स ३९ र ब्यापार उपसमूह २१ अंकले बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मानुषी लघुवित्तको सेयर भने १० प्रतिशतले घटेको छ ।
यस दिन ३२८ कम्पनीको ८९ लाख कित्ता सेयर ४ अर्ब ४३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्