ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलुन महोत्सवको तयारी पुरा


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   ८ : ०९   बजे

पोखरा, ८ पुस । बेलुन नेपाल प्रालिको आयोजनामा पोखरामा हुने अन्तर्राष्ट्रिय बेलुन महोत्सवको तयारी पुरा भएको छ । पुस ९ देखि १७ गतेसम्म सञ्चालन हुने ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । ९ दिनसम्म चल्ने महोत्सवमा १७ वटा हट बेलुन एकै पटक पोखराको आकासमा उडाइने उनले बताए ।

महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले दाबी गरेको छ । अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा उडान भर्नका लागि विश्वका विभिन्न देशका पाइलटहरु बेलुनसहित पोखरा आइसकेको कम्पनीले जनाएको छ । महोत्सवका लागि स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अष्ट्रेलिया, अमेरिका, अष्ट्रिया, कोरिया, इटाली, यूके, लाओस, जर्मनी, भारत, दुवई, नेदरल्याण्ड, थाइल्याण्ड, बेल्जियमलगायत विभिन्न देशको प्रतिनिधित्व हुनेछ । महोत्सवमा ५ हजार फिट माथिसम्म बेलुन उडाइनेछ । पोखराको लौरुकदेखि चंखपुरसम्मको क्षेत्रमा उडान हुनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकको भनाइ छ । महोत्सवमा सूर्योदय र सूर्यास्तका दृश्य पनि प्रमुख आकर्षण रहेको छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ । महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्ड साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ब्यान्ड, कविता नेपाली, कार्टुन क्रुजजस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक हुनेछन् ।

 

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् । सन् १९७२ मा अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेसनल बेलुन फेस्टिभल अहिले विश्वभरि विभिन्न देशमा आयोजना भइरहेका छन् । न्यु मेक्सिकोमा वार्षिक आयोजना हुने यस्तो बेलुन फेस्टिभलमा ५ सय वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक उक्त फेस्टिभलमा सहभागी हुने गर्छन् । बेलुन नेपाल प्रालिले गत वर्ष २ हजार ५ सयलाई सेवा दिएकोमा यो वर्षमा ५ हजारभन्दा बढिले बेलुन चढ्ने अनुमान गरेको छ । बेलुन चढ्नका लागि नेपालीलाई ११ हजार रुपैयाँ, सार्क राष्ट्रसँगै चिनियाँ पर्यटकलाई १ सय २० डलर र विदेशी पर्यटकलाई १ सय ५० डलर शुल्क तोकिएको अध्यक्ष बाडेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group