काठमाडौं ९ पुस । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्।
सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवानजिक तीनवटा सवारीसाधन ठोकिएका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा आपसमा ठोकिएका हुन्।
स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका छन्।
दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो।
दुर्घटनाका कारण अनुसन्धान भइरहेको छ। राससरसिन्ह्वा
प्रतिक्रिया दिनुहोस्