ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन : गृहमन्त्री लेखक


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   २ : १५   बजे

काठमाडौं ९ पुस । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिए ।

‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उनले भने ।

गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताए ।

 

‘संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौं,’ उनले भने, ‘संविधानमा समासामयिक रूपले परिमार्जन गर्नेछौं।’

कांग्रेस नेता समेत रहेका लेखकले संविधानको संशोधन केही पार्टीको निर्णयले मात्रै नहुने बताए । ‘दुई वटै पार्टी मिलेर गरे पनि हुँदैन, हामी छलफल प्रारम्भ गर्दछौं, संविधानको समीक्षा र विषयवस्तुहरूको पहिचान गर्दछौं,’ उनले भने, ‘हामी चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।’

संविधान संशोधनको क्रममा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने र पहिचान गरिएका विषयहरूमा सहमति गरेर मात्रै संविधान संशोधन गर्ने उनले स्पष्ट पारे ।

‘भोलिको पर्सि संविधान संशोधन हुने होइन र संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो,’ उनले भने ।

गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए ।

उनले संविधानको भावनाअनुसार दलितहरूका हक, अधिकारलाई सुनिश्चित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu