ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतमले बनाए वार्ता समिति


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   ४ : १३   बजे

काठमाडौं ९ पुस । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ ।

महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो । ‘मेरै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले बनाउनुभएको छ’ महासचिव कार्कीले भने, ‘हाम्रो तर्फबाट बनेको वार्ता समितिको जानकारी भोलि दिँदैछु ।’

यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने उनले बताए । ‘हामी सबै कम्युनिष्ट पार्टीहरुसँग एकता गर्नुपर्छ भनेर पहल गरिरहेका छौं । अहिले एकीकृत समाजवादीसँग एकता गर्दैछौं’, कार्कीले भने ।

एकीकृत समाजवादीका तर्फबाट भने वार्ता समिति बनेको छैन । ‘माधव नेपाल, प्रमेश हमाल र बलराम बास्कोटा अस्ति बस्नुभएको थियो । तर हाम्रोबाट वार्ता समिति बनेपछि उहाँहरुले पनि समिति बनाउनु होला’, कार्कीले भने ।

गौतमले आफू नेतृत्वको अभियानलाई एकीकृत समाजवादीसँग एकता गर्ने सहमति जनाएपछि वार्ता समिति गठनको प्रक्रिया अगाडि बढाइएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu