ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२औँ हङकङ खाद्य महोत्सव आजदेखि सुरु, झन्डै हजार स्टल


एबीसी न्यूज
१० पुस २०८१, बुधबार   १ : १८   बजे

काठमाडौं १० पुस ।   हङकङमा २२औँ हङकङ खाद्य महोत्सव बुधबारबाट सुरु भएको छ। हङकङ कन्भेन्सन एन्ड एक्जिविसन सेन्टरमा सञ्चालित यस महोत्सव डिसेम्बर २९ ९आइतबार० सम्म जारी रहनेछ।

यस वर्षको महोत्सव हङकङ मेगा शोकेससँगै आयोजना भइरहेको छ। झन्डै १ हजार स्टलमा कतिपयले ग्राहकलाई आकर्षित गर्न नयाँ फिचर पनि समावेश गरेका छन्।

पहिलो पटक सहभागी भएका एक स्टल मालिकले हङकङ डलर १ मै ‘फिस नुडल्स’ पस्केका छन्।

बिहान ढिलोगरी सुरु भएको महोत्सवको सुरुआती चरणमा अपेक्षाभन्दा कम मानिस उपस्थित भए पनि स्टल मालिकहरू मानिसको आगमन बढ्नेमा आशावादी देखिए।

फ्रोजन समुद्री खानाको स्टल राखेका एक विक्रेताले कम बिक्रीले लागतमै असर गर्ने चिन्ता व्यक्त गर्दै थिए। यद्यपि आफूले आफ्नो उत्पादन दायरा फराकिलो बनाएको र धेरै ग्राहकलाई आकर्षित गर्न मूल्य घटाएकोले त्यस्तो नहोस् भन्ने आशा व्यक्त गरे।

यस्तै १ डलरमै ‘फिस नुडल्स’ राखेका स्टल मालिक महोत्सव अगाडि बढ्दै जाँदा ग्राहकहरूको उपस्थिति बढ्ने र यसले आफूहरूको लागत प्राप्ति गर्न मद्दत पुग्नेमा ढुक्क देखिए।

दक्षिण कोरियाका उत्पादन राखेका एक स्टल मालिकले लोकप्रिय फलफूलको दूध बेच्न राखेका छन्। उनको लक्षित समूह युवा वर्ग हुन्। उनले बिहान ग्राहकको प्रवाह तुलनात्मक रूपमा राम्रो रहेको बताए। उनले ग्राहकलाई अझै आकर्षित गर्न आफ्ना उत्पादनको मूल्यमा २० प्रतिशत घटाएका छन्।

धेरै वर्षदेखि महोत्सवमा भाग लिँदै आएका एक सहभागीले विगतका वर्षको तुलनामा यस वर्ष भीड कम देखेको बताए। भीड कम भएकैले यस पटक उनलाई हिँड्न बढी सहज भयो।

महोत्सवमा सहभागी कम हुनुमा धेरैले बिदा मनाउन मुख्यभूमिलाई रोजेको उनको गुनासो छ। तर, आफूले खाना महोत्सवमा भाग लिएर स्थानीय व्यवसायलाई सहयोग गर्न हङकङमै बस्न चाहेको समेत उनले थपे। महोत्सवमा उनले एबालोन र सुकेका फलफुल जस्ता वस्तुको आनन्द लिए।

महोत्सवमा लगभग एक घन्टादेखि उपस्थित अर्का सहभागीले चिया र डम्पलिङ ९मस्म जस्तै परिकार० जस्ता खानेकुरामा आफूले हङकङ डलर १ हजारभन्दा बढी खर्च गरेको बताए।

यी ग्राहकहरूका अनुसार समग्र खानेकुराका मूल्य अघिल्ला वर्षहरूको तुलनामा बढी छ। जसले गर्दा उनीहरू आफ्नो खरिदमा बढी सतर्क रहन बाध्य भए।

स्टल मालिकहरू सफल कार्यक्रमको लागि आशावादी छन्। उनीहरू आयोजकले बढी स्थानीय र पर्यटकलाई आकर्षित गर्न प्रचार बढाउन् र अझ सके निःशुल्क प्रवेश दिउन् भन्ने सुझाव दिन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group