ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न आयोजनालाई थप चार करोड २१ लाख बजेट विनियोजन


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   १२ : ०१   बजे

काठमाडौं ११ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएर थप चार करोड २१ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न २३ औँ गाउँसभा ९हिउँदे अधिवेशन०ले चार करोड २१ लाख बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि थप बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।

उहाँका अनुसार, विनियोजित बजेटमा जिल्लाकै विकट गाउँ गूर्जा जोड्ने सडक र निर्माणाधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६०र६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । यसैगरी, वडा नम्बर ३ मा झोलुङ्गे पुल निर्माण गर्न १२ लाख रुपियाँ बजेट निर्माण गरिएको छ भने विभिन्न वडामा सडक र खानेपानी आयोजना निर्माणलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

बजेट पारित गरिएकोमा बुधबारको गाउँसभाले संशोधित बजेट स्वीकृत गरी गाउँपालिकाको कुल बजेट ४७ करोड ६४ लाख रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संशोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिनुभएको थियो ।

वडा नम्बर ३ का वडा अध्यक्ष देबेन्द्र रोकाका अनुसार, गाउँपालिकाले सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्णबहादुर भण्डारी, कल्लेनी आधारभूत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम, हेम माविका शिक्षकद्वयय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार सात सय रुपियाँको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group