काठमाडौं ११ पुस । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाले भारत र चीनले नेपाललाई नसोधी लिपुलेक प्रयोग गर्ने सहमति खरेकोप्रति आपत्ति जनाएका छन्।
भर्खरै भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति भएको खबर सार्वजनिक भएको थियो।
भारतको विदेश मन्त्रालयले जनाएअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश(मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिको ६ नम्बर बुँदामा यस्तो लेखिएको छ–
उक्त कुरा साँचो हो भने नेपाललाई हेप्ने र मिच्ने कुरा भएको टिप्पणी पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिट्ब्युरो सदस्य बाँस्कोटाले बताएका हुन्।
‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लिनवाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, बाँस्कोटाले लेखेका छन्, ‘हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्नेरु सम्प्रभुता साना(ठूला सबै देशको बराबर।’
प्रतिक्रिया दिनुहोस्