काठमाडौं ११ पुस । सत्तारुढ गठबन्धनले संसद्मा बनाएको संयुक्त कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
संसदको सञ्चालन र त्यहाँ छलफल गरिने बिजनेसबारे सहजीकरण गर्नेगरी दुई दलबीच संयुक्त कार्यदल बनाइएको थियो ।
कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, ाष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी छन् ।
कार्यदलले विचाराधीन विधेयकहरूमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलाउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्