ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० करोड तीर्थयात्रीका लागि अस्थायी सहर बनाउँदै भारत


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ३ : ५२   बजे

काठमाडौं ११ पुस ।   भारतको पवित्र नदी किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ। यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ। यो इतिहासको सबैभन्दा ठूलो भेला हुने ठानिएको छ।

छ हप्ता लामो कुम्भ मेलामा सहभागी हुने ४० करोड तीर्थयात्रीका लागि भारतीय अधिकारीहरूले तयारी गरिरहेका बेला प्रयागराजका नदीहरूमा पन्टुन पुलहरूको लाइनपछि लाइन फैलिएको छ।

पवित्र गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा प्रत्येक १२ वर्षमा एक पटक धार्मिक श्रद्धा र अनुष्ठान स्नानको सहस्राब्दी पुरानो पवित्र कार्यक्रम आयोजना गरिन्छ।

तर जनवरी १३ देखि फेब्रुअरी २६ सम्मको यो संस्करण एक मेगा आकर्षण हुने अपेक्षा गरिएको छ, किनकि यो ग्रहहरूको विशेष पङ्क्तिबद्धतासँग मेल खानेछ।

चार हजार हेक्टर ९१५ वर्ग माइल० मा फैलिएको स्थानमा दिनरात मेहनत गर्ने मजदुरहरूको सेनामध्ये एक अन्त्यहीन विद्युतीय केबलहरूका लागि खाडल खन्ने क्रममा मजदुर बाबु चन्दको निधारमा पसिनाको मोती चम्कन्छ।

‘यति धेरै भक्तहरू आउँदै छन्’, मेलाका लागि महान कार्यको काम गरिरहेको बताउने ४८ वर्षीय चन्दले भने, ‘मलाई लाग्छ कि मैले मेरो योगदान गरिरहेको छु, मैले जे गरिरहेको छु त्यो एउटा पवित्र कार्य जस्तो देखिन्छ।’

शुद्ध विश्वास

उत्तरी राज्य उत्तर प्रदेशको पहिले इलाहाबाद भनिने प्रयागराजको बाढी मैदानमा म्यानहट्टनको दुईतिहाइ क्षेत्रफल बराबरको विशाल तम्बु ९पाल० सहर निर्माण भइरहेको छ।

‘करिब ३५ देखि ४० करोड भक्तजनले मेलाको भ्रमण गर्नेछन्, त्यसैले तपाईंले तयारीको स्तर कल्पना गर्न सक्नुहुन्छ’, महोत्सवका प्रवक्ता विवेक चतुर्वेदीले भने।

कुम्भका लागि तयारी गर्नु भनेको नयाँ देश स्थापना गर्नुजस्तै हो। यसमा सडक, प्रकाश, आवास र ढलको आवश्यकता पर्छ।

‘यस कार्यक्रमलाई अद्वितीय बनाउने कुरा यसको आकार र कसैलाई निमन्त्रणा नपठाइने तथ्य हो।।।सबैजना आफ्नै इच्छाले आउँछन्, शुद्ध विश्वासले प्रेरित भएर’, चतुर्वेदीले भने, ‘विश्वमा कतै पनि तपाईंले यो आकारको जमघट देख्नुहुन्न, यसको एक दशांश पनि।’

साउदी अरेबियाको मक्कामा वार्षिक हज तीर्थयात्रामा करिब १८ लाख मुस्लिमले भाग लिन्छन्।

चतुर्वेदीका अनुसार कुम्भका सङ्ख्याहरू अकल्पनीय छन्।

करिब एक लाख ५० हजार शौचालय निर्माण गरिएका छन्, ६८ हजार एलइडी बत्तीका खम्बाहरू खडा गरिएका छन् र सामुदायिक भान्साघरहरूले एकै समयमा ५० हजार मानिसलाई खाना दिन सक्छन्।

धार्मिक तयारीका साथसाथै प्रयागराजले ठूलो पूर्वाधार सुधार गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको विशाल पोस्टरहरूले सहर ढाकेका छन्।

दुवै सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० का हुन्छन्। उनीहरूको राजनीति र धर्म गहिरो रूपमा जोडिएको छ।

अमरत्वको अमृत

कुम्भ मेला एउटा प्राचीन उत्सव हो। यसको उत्पत्ति हिन्दू पौराणिक कथाहरूमा निहित छ।

नदीहरूको सङ्गममा डुबुल्की लगाउनाले आफ्ना पापहरू पखालिने र ‘मोक्ष’ प्राप्त गर्न मद्दत गर्ने हिन्दूहरू विश्वास गर्छन्। यसले उनीहरूलाई जन्म र मृत्युको चक्रबाट मुक्त गर्नेछ।

पौराणिक कथाहरूअनुसार अमरत्वको अमृत भएको घडा वा ‘कुम्भ’ लाई लिएर देवताहरू र राक्षसहरूले युद्ध गरे। युद्धका क्रममा चार थोपा अमृत पृथ्वीमा खस्यो। एक थोपा प्रयागराजमा खस्यो।

अन्य थोपा हरिद्वार, नासिक र उज्जैनमा खसेका थिए। यी तीन सहरमा घुम्ती कुम्भ मेला अन्य वर्षहरूमा आयोजना गरिन्छ। तर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजित मेला सबैभन्दा ठूलो हो।

आयोजक अधिकारीहरूले यसलाई महान् वा ‘महाकुम्भ’ मेला भनिरहेका छन्।

अधिकारीहरूका अनुसार सन् २०१९ मा प्रयागराजमा भएको अन्तिम कुम्भ मेलामा २४ करोड भक्तजन देखिएका थिए। तर त्यो सानो ‘अर्ध’ वा आधा मेला थियो र यो मेला मुख्य कार्यक्रमको बीचमा हुन्छ।

‘जब तपाईं कुम्भको बारेमा कुरा गर्नुहुन्छ, तपाईंले खगोल विज्ञानको बारेमा कुरा गर्नुपर्छ’, ६९ वर्षीय इतिहासकार हेरम्ब चतुर्वेदीले भने, ‘बृहस्पतिले एक वर्षमा एउटा राशि चिह्न पार गर्छ, त्यसकारण जब यसले १२ राशि चिह्न पूरा गर्दछ, तब त्यो कुम्भ हुन्छ।’

उनका अनुसार उत्सवको मुख्य भाग ‘ज्ञानी र विद्वान्, गरीब र असहायलाई’ दान दिनु हो।

नागा साधुहरू

केही तीर्थयात्री पहिल्यै आइपुगेका छन्। यिनमा नागा साधु छन्। यी घुमन्ते साधु दुर्गम पहाड र जङ्गलबाट हप्तौँसम्म हिँडेर आएका छन्। यिनीहरू प्रायः ध्यानमा समर्पित हुन्छन्।

यिनीहरूले जनवरी १३ मा पहिलो दिनदेखि सुरु हुने छवटा सबैभन्दा शुभ स्नान मितिमा बिहानै चिसो नदीको पानीमा जाने नेतृत्व गर्नेछन्।

‘म जनतालाई आशीर्वाद दिन यहाँ आएको छु’, जटा बाँधेर नाङ्गै बसेका ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भने, ‘तपाईंले आफ्नो हृदयमा जे चाहना गर्नुहुन्छ त्यो कुम्भमा प्राप्त गर्नुहुन्छ।’ राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group