ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिचुवान एयरलाइन्सको उडानले पोखरा विमानस्थलमा प्राविधिक समस्या नरहेको प्रमाणित भयो- प्राधिकरण


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ४ : ०२   बजे

काठमाडौं ११ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सिचुवान एयरलाइन्सको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको बताएको छ।

बिहीबार बिहानै चीनबाट १२९ यात्रु लिएर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको थियो। यसपछि जहाजले काठमाडौँमा प्रमोसन उडान पनि गरेको थियो।

सो जहाज पोखराबाट दिउँसो १२ बजे काठमाडौँ १२६ यात्रु बोकेर आएको थियो।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक डिओ चन्द्रलाल कर्णले सिचुवान एयरलाइन्स पोखरामा अवतरण र टेकअफ सहज रूपमै गरेको बताए।

प्रमोसन फ्लाइटका रूपमा पोखराबाट काठमाडौँ उडान भर्दै न्यारोबडी जहाज नियमित उडान गर्न कुनै समस्या नरहेको उल्लेख गरेको छ।

‘पोखरा विमानस्थल निर्माण गर्दा न्यारोबडी जहाज उडान गर्न सक्नेगरी डिजाइन गरिएको थियो,’ उपमहानिर्देशक कर्णले भने, ‘सिचुवानको पूर्ण क्षमताको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको छ।’

नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले डाँडा र धावनमार्गको कारण उडान गर्न नसकिने भन्ने हल्ला झुटो साबित गरेको बताए।

‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनै सक्दैनन् भन्ने हल्लाको व्यापार अब बन्द भयो,’ महानिर्देशक अधिकारीले भने, ‘हाम्रो मेहेनतले नियमित उडान गर्न सक्छौँ। कसैले डाँडा र कसैले धावनमार्गको कारण अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भन्ने हल्ला खण्डित भएन।’

पोखरामा वार्षिक २ लाख अन्तर्राष्ट्रिय पर्यटक आएका छन् भने आगामी वर्ष ४ लाख पुर्‍याउन सके कम्पनी उडान गर्न आफैँ तयार हुने बताउँछन्।

लामो समयको प्रयासपछि एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर १ जनवरी २०२३ मा उद्घाटन गरिएको थियो। हालसम्म केही चार्टर्ड उडानबाहेक एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

पोखराका व्यवसायीले सम्बन्धित कार्यालय स्थापना गरी नियमित उडान तालिका केही समयअघि नै सार्वजनिक गर्दै उडान नियमित हुनुभन्दा पहिले नै यात्रुले किन पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई रोज्ने भन्ने वतावरण बनाउनुपर्ने बताएका छन्।

पोखरामा अध्यागमन, भन्सार, श्रम, शिक्षा, स्वास्थ्य परराष्ट्र मन्त्रालयका सम्बन्धित कर्यालयको स्थापना, अन्तर्राष्ट्रिय जहाज कम्पनीका शाखाको स्थापना वा सम्पर्क कार्यालयको स्थापना गर्न माग गरेका छन्।

पर्यटकीय राजधानी पोखराबाट सरकारले राम्रो तयारी गरे नियमित उडान हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group