काठमाडौं ११ पुस । सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषदले स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो।
सहकारी क्षेत्रको नियमनका लागि तत्काल कानुन संशोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको एक मन्त्रीले जानकारी दिए।
संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्र नियमनका लागि प्रभावकारी संयन्त्र बनाउन सुझाव दिएको थियो।
राष्ट्रपतिबाट जारी भएपछि यो अध्यादेश कानुनका रूपमा लागू हुनेछ। अध्यादेशमा सहकारी नियमनका लागि एउटा आयोग गठन गरिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्