ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ११ : ३३   बजे

काठमाडौं १२ पुस । संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालय बैठक बोलाएको छ । रास्वपाले शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफल हुने एक नेताले बताए । ‘शुक्रबारको सचिवालय बैठक संसदीय दलको नेताको विषयमा छलफल गर्नका लागि हो,’ ती नेताले भने ।

सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा परेर पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने गत सोमबार सांसद पदबाट निलम्बित छन् ।

हाल रास्वपा संसदीय दलको नेतामा पाँच आकांक्षी छन् । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

 

अर्याल पार्टीमा पनि कार्यवाहक सभापति रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी छ । तर निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ ।

सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् । ‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’

उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् । ‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो ।

विवाद बढ्दै गएर समाधान कठिन बनेमा अर्याल नै संसदीय दल नेताका रुपमा अघि सारिन सक्ने सम्भावना पनि रहेको ती नेताले औंल्याए ।

‘अरु हुँदा प्रश्न उठ्छ, पार्टीका कार्यकर्तामा पनि शंका हुन्छ । यसकारण डिपीलाई नै दलको कार्यवाहक नेता बनाउने तयारी छ,’ ती नेताले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu