ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ-जुहाई-मकाउ पुलबाट अर्को वर्ष चालकविहीन गाडीमा यात्रा गर्न सकिने


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   १ : २२   बजे

काठमाडौं १२ पुस । यात्रुहरूले अर्को वर्षको अन्त्यसम्ममा जुहाई र मकाउसँग जोड्ने पुलको हङकङ चेकपोइन्टबाट सहरको सबैभन्दा ठूलो इन्डोर मनोरञ्जन केन्द्रसम्म चालकविहीन सवारी साधनबाट यात्रा गर्न पाउने भएका छन्।

विमानस्थल प्राधिकरणका अनुसार सेवा सुरु भएपछि चेकपोइन्टबाट ११ स्काइज कम्प्लेक्ससम्मको यात्रामा केवल ३ मिनेट लाग्नेछ।

साथै यो सेवालाई सन् २०२८ सम्ममा तुङचुङसम्म विस्तार गरिने पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक स्टिन यिउ सिउले ४० किलोमिटर प्रतिघण्टा ९२५ माइल प्रतिघण्टा० को अधिकतम गतिमा यात्रा गर्ने १६ सिट क्षमताको स्वायत्त सवारी साधनले हङकङ(जुहाई(मकाउ पुलको स्थानीय चेकपोइन्टबाट केवल तीन मिनेटमा ११ स्काईज कम्प्लेक्ससम्म पुग्न सकिने बताए।

टर्मिनल २ मा अवस्थित ११ स्काईज कम्प्लेक्स हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको स्काइसिटीको हिस्सा हो।

‘यस सेवाको प्रारम्भिक चरण २०२५ को अन्त्यसम्ममा परीक्षण सञ्चालन सुरु गर्ने तालिका छ,’ यिउले भने, ‘जसमा सुरुमा २६ वटा स्वचालित सवारी साधन तैनाथ गर्ने योजना छ। हामीसँग पहिले नै हाम्रो प्रोटोटाइप तयार छ।’

चालकविहीन यातायात प्रणाली एयरपोर्टसिटी लिंकमा सञ्चालन हुनेछ। जुन १ खर्ब हङकङ डलर ९१२।९ अर्ब अमेरिकी डलर० को एयरपोर्ट सिटी परियोजनाअन्तर्गत रहेको पैदल मार्ग र सवारी साधनको एकीकृत पुल हो। यो २०२६ देखि २०३१ को बीचमा चरणबद्ध रूपमा पूरा हुनेछ।

‘प्रारम्भिक चरणमा एक दिशामा प्रतिघण्टा पाँच सय जनाले यात्रा गर्न सक्ने लक्ष्य राखेका छौँ,’ यिउ थप्छन्, ‘यो संख्या एक हजार पुर्‍याउने योजना छ। जसको परिणामस्वरूप दुवै दिशामा कुल दुई हजार ९प्रति घण्टा यात्रु० हुनेछन्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu