ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ४ : ४७   बजे

काठमाडौं १२ पुस । एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् ।

शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै रावलले भने, ुममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश र तानाशाही दमनविरुद्ध सशक्त ढंगले अभियान चलाउँदै छु । निश्चित रूपमा एउटा राजनीतिक व्यक्तिका गतिविधिहरू राजनीतिक रूपमै अघि बढ्छन् ।

नयाँ पार्टी खोल्दै हुनुहुन्छ रे निरुु भन्ने प्रश्नमा रावलले भने, ुभण्डाफोर अभियानपछि पार्टी खोल्नेबारे निर्णय हुन्छ ।ु पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा बताएका थिए । दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल वैधानिक व्यवस्थाअनुसार सल्लाहकार भए पनि त्यहीअनुसार काम नगरेको ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu