काठमाडौं १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० को सचिवालय बैठक बसेको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा चमतीस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसेको रास्वपाले जनाएको छ।
बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सभापित रवि लामिछानेविरुद्ध पुस ७ गते जिल्ला अदालत कास्कीमा संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर भएको थियो।
सोही दिन लामिछानेले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेको सांसद पद समेत निलम्बनमा परेको छ।
प्रतिक्रिया दिनुहोस्