ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतमा पनि सकियो रविको बयान


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ५ : ०१   बजे

काठमाडौं १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ।

बिहीबार दिउँसोदेखि न्यायाधीश नितिज राईको इजलासमा उनको बयान सुरु भएको थियो।  शुक्रबार दिउँसो साढे ४ बजेतिर बयान सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

रविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा १ अर्व ५१ करोड ४० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

यसअघि जिल्ला सरकारी वकिलको रोहबरमा पनि प्रहरीले बयान गराएको थियो। तर यसअघि बयान भएपनि अदालतले छुट्टै बयान गराउँछ र थुनछेक बहसपछि आदेश हुन्छ।

जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार दायर गरेको अभियोगमा सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट सेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको छ।

लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको अभियोग छ।

उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, सेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ।

रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ। लामिछानेले इजलासमा पनि यसअघिकै जस्तो बयान दिएका छन्।

सूर्यदर्शन सहकारीबाट आफ्नो नाममा एक करोड ऋण देखाइएको कुरा अहिले मात्र थाहा पाएको, गोर्खा मिडियामा सहकारीबाट रकम ल्याउने कुरा आफूलाई थाहा नभएको बयान दिएका छन्।

गोर्खा मिडियामा रकम के कसरी आयो भन्ने कुरा वार्षिक लेखा परीक्षण प्रतिवेदनको क्रममा लगानीको स्रोत देखाउँदा थाहा पाएको बताएका छन्।

सहकारीको रकम अपचलन गर्नमा आफ्नो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट भइसकेको उनको बयान छ।

यो कसूरमा कहीँ कतै, कुनै पनि तवरबाट संलग्न नभएको जिकिर उनले गरेका छन्। उनको हस्ताक्षरमा चेक काटिएको विषयमा समेत उनले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग भएको बताएका छन्।

अब आइतबारदेखि अन्य प्रतिवादीहरुको बयान हुनेछ। सोमबारसम्ममा सबैका बयान सक्ने र त्यसपछि थुनछेक बहस सुरु गर्ने अदालतको तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group