ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ५ : २९   बजे

काठमाडौं १२ पुस । कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्यका लागि १९ बुँदे साझा प्रतिबद्धता जारी भएको छ । दुई प्रदेशको अन्तरआवद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धता जारी भएको हो ।

शुक्रबार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई प्रदेशका प्रतिनिधीहरूबीच भएको समन्वयात्मक बैठकले विभिन्न १९ बुँदे प्रतिबद्धता जारी गरेको हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन् ।

प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक यसरी दुई प्रदेशबीच सार्वजनिक सरोकारका विषयमा छलफल तथा सहमति भएको हो । साझा प्रतिबद्धतामा भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण, सड्क दुर्घटना नियुनिकरण, अन्तप्र्रादेशिक विकासदेखि पर्यटन प्रवद्र्धन लगायत दुई प्रदेशसँग जोडिएका विषयहरू समेटिएका छन् ।

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसँग समन्वय गर्ने, स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने बताइएको छ ।

त्यस्तै प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरूपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी समेत बाँडफाँटको विषयमा सामञ्जस्ययता कायम गर्ने सहमति भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए ।

कर्णालीका मुख्यमन्त्री कँडेलले सम्झौता पत्रमा दुई प्रदेशका सरोकारका विषयमा साझा धारणा बनाएर दुवै प्रदेशको विकास र समृद्धिको लागि प्रतिबद्ध रहेको बताए । ‘हामीले जे प्रतिबद्धता जाहेर गरेका छौँ, ती प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा हामी दृढ छौँ,’ संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘कर्णालीको सिधा सम्बन्धदेखि प्रमुख नाका नै लुम्बिनीमा छ । दुई प्रदेशबीच भएको सहमतिहरू आगामी नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरेर कार्यान्वयन गछौं ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रतिबद्धताहरू केवल प्रतिबद्धता मात्रै सीमित नरहने र कार्यान्वयन गरिने दाबी गरे । कार्यक्रमका लागि लुम्बिनीका मुख्यमन्त्री आचार्यसहितको २१ सदस्यीय टोली सुर्खेत आएको थियो ।

प्रदेशले छोएका ठूला सडक आयोजनाहरू जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्तीत लोकमार्ग निर्माण र कोहलपुर–सुर्खेत सडक विस्तारमा समेत दुई प्रदेशबिच सहकार्य गरेर काम गर्ने सहमति भएको छ ।

त्यस्तै कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन समेत गर्ने दुई प्रदेशले सहमति गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group