काठमाडौँ, २८ फागुन। राष्ट्रियसभाका अध्यक्षमा नेकपा (एमाले)का गणेशप्रसाद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष पदको मनोनयका लागि तोकिएको समयावधिभित्र तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको हो ।
एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजकसमेत रहनुभएका तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्मा तथा एमालेका सुमनराज प्याकुरेल हुनुहुन्छ ।
राष्ट्रियसभाको बैठक यही फागुन ३० गते अपराह्न १३ः०० बजे बस्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्