ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन संविधान संशोधन गरी समावेशिता हटाउन खोज्दैछ, तर त्यो हुन दिँदैनौं – शर्मा


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   २ : ४४   बजे

काठमाडौं १४ पुस । एमाले र कांग्रेसको सत्ता गठबन्धनले संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक व्यवस्था हटाउन खोजिरहेको प्रमुख प्रतिपक्षी दलका उपमहासचिव जनार्दन शर्माले बताएका छन् । सत्ता गठबन्धनले संविधान संशोधन गरेर समावेशी व्यवस्था हटाउन खोजिरहेको तर त्यो हुन नदिइने शर्माको भनाइ छ ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको सुनुवाइका क्रममा माओवादी सांसद शर्माले सरकारको आलोचना गरेका हुन् । बाध्य भएर सरकारले श्रीलंकाको राजदूतमा दलित समुदायका पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको पनि शर्माको भनाइ थियो ।

सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरूले समावेशी व्यवस्थाको विरोध सार्वजनिक मञ्चबाटै गरिरहेको शर्माको भनाइ थियो । ुसत्तारुढ गठबन्धन समावेशिताबारे प्रश्न गरिरहेको छ । अहिलेको सरकार र सत्तारुढ गठबन्धन समावेशिताबारे प्रश्न गरिरहेको छ । हिजोमात्र सञ्चारमन्त्रीले समावेशिताका सबै मुद्दासहित संविधान संशोधन गर्छौं भन्नुभएको छ, शर्माले भने, सरकार र सत्तारुढ गठबन्धन समावेशिता हटाउन खोज्दैछ तर त्यो त हुन दिइने छैन, सरकार के गर्छ उसको कुरा हो ।

विगतमा विभिन्न देशमा राजदूत सिफारिस गर्दा दलित समुदायका व्यक्तिहरूलाई सिफारिस नगरेकोप्रति संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै आएको र सरकार दबाबमा परेर श्रीलंकाको राजदूतमा दलित समुदायका व्यक्तिलाई सिफारिस गर्न बाध्य भएको शर्माको भनाइ थियो । संसदीय समितिले पूर्वपरराष्ट्रमन्त्री र वर्तमान परराष्ट्रमन्त्रीलाई राजदूत सिफारिस समावेशी बनाउन दबाब दिएकै कारणले एकजना दलित समुदायको व्यक्तिलाई राजदूत सिफारिस गरेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu