ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा प्रहरीका कार्यालय सहयोगीको हत्यामा गुप्तचरका अधिकृतको संलग्नता


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   ४ : ५३   बजे

काठमाडौं १४ पुस । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ मा गएको ६ पुसमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए ।

लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताएका छन् ।

उनी राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दी भइ विमानस्थल कार्यालय, सिमरा बारामा कार्यरत् रहेको बाराका डीएसपी प्रकाश सापकोटाले बताए ।

हत्यामा संलग्नता रहेको आधारहरु फेला परेपछि प्रहरीले तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरेको छ । शव भेटिएको गाडी समेत राअविका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।

प्रहरीले दासको वर्कसपबाट मृतकले घाँटीमा लगाएको सुनको सिक्री बरामद भएको बताएको छ भने रुम्बाको पर्स समेत उनको झोलाभित्र भेटिएको भनिएको छ ।

प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu