काठमाडौं १४ पुस । संसदीय सुनुवाई समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।
आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।
समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् ।
यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिले अनुमोदन गरेसँगै अब राष्ट्रपतिले नेपालीलाई राजदूतमा नियुक्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्