ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ९ : ०९   बजे

काठमाडौं १६ पुस । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० को मध्यस्थतामा युद्धबन्दी आदानप्रदान गरिएको हो ।

१५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला–बदली गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । ती युक्रेनी सैनिकलाई रुसले सन् २०२२ को मे महिनादेखि बन्दी बनाए राखेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले भने एक सय ८९ युक्रेनी नागरिक स्वदेश फर्किएको बताएका छन् । उनीहरू मारियोपालमा चलेको युद्धको क्रममा रुसी कब्जामा पुगेका थिए ।

मे २०२२ मा रूसले दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह सहर मारिपोललाई जित्नको लागि एक महिना लामो लडाई लडेको थियो । त्यसक्रममा अन्तिम लडाकुहरूले शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्दै आत्मसमर्पण गरेका थिए ।

 

जेलेन्स्कीले मारियोपोलमा पक्राउ परेका दर्जनौं सैनिक, सर्जेन्ट, सीमा गार्ड र अफिसरहरूमध्ये सोमबार रिहा भएका दुई नागरिक रहेको बताएका छन् ।

‘हामी सबैलाई रूसी कैदबाट मुक्त गर्न काम गरिरहेका छौं । यो हाम्रो लक्ष्य हो । हामी कसैलाई बिर्सने छैनौं,’ जेलेन्स्कीले भनेका छन् ।

पछिल्लो आदानप्रदानअघि यही वर्ष केवल दश कैदीको आदनप्रदान भएको थियो । युक्रेनले द्वन्द्व सुरु भएदेखि राजधानी कीभसँगको सम्झौतामा मस्कोले सैनिक र सर्वसाधारणसहित तीन हजार ९ सय ५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै करिब आठ हजार युद्धबन्दी रहेको अनुमान गरिएको छ । ९एजेन्सीको सहयोगमा०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu