ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी जारी


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   १० : ४०   बजे

काठमाडौं १६ पुस । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए । यस कदमलाई यूनका वकिलले चाहिँ गैरकानूनी भनिरहेका छन् । मार्शल ल लगाउने यूनको असफल प्रयासपछि दक्षिण कोरिया राजनीतक संकटमा फसेको छ ।

यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।

उनको पक्राउका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको समय छ । उनीहरूले यसको अवधि लम्ब्याउन पनि सक्छन् । यूनको सुरक्षा टोली र उनीसमर्थक विद्रोहीहरूले विफल पार्ने प्रयास गर्ने भएकोले अनुसन्धानकर्ताहरूले यूनलाई समात्न सक्छन् भन्ने चाँहि अहिले अस्पष्ट छ ।

यस अघि राष्ट्रपति कार्यालय र यूनको निजी आवासमा अदालतले अनुमति दिएको छापा मार्न अनुसन्धानहरू छिर्ने प्रयास गर्दा राष्ट्रपतिको सुरक्षा सेवाले रोकेको थियो । यूनले राष्ट्रपतिको संवैधानिक अधिकारअन्तर्गत मार्शल ल लगाएकोले अनुसन्धानकर्ताहरूसँग उनलाई पक्राउ गर्ने अधिकार नभएको यूनको कानुनी टोलीले सोमबार भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group