ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध विमानस्थलमा माघ १० देखि आरएनपी-एआर प्रणाली लागू हुँदै


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ११ : १९   बजे

काठमाडौं १६ पुस । भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन(अथोराइजेसन रिक्वायार्ड आरएनपी(एआर प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको छ ।

यसअघि लागू गर्ने भनिएको आईएलएस इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम० प्रणालीलाई भारतले अनुमति नदिएपछि भू(उपग्रहमा आधारित आरएनपी(एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भू(उपग्रहमा आधारित आरएनपी(एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भैसकेको हुँदा जनवरी २३ ९माघ १०० देखि लागू हुने छ ।

मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।

‘आरएनपी(एआर प्रणाली जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ४२ दिने नोटिस यसअघि नै पब्लिस गरिसकेको छ, अब जनवरी २३ देखि लागू भएको मानिन्छ’, महाप्रबन्धक तिवारीले भने, ‘यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागू हुने नभई ए ३२० र ए ३३० स्तरका जहाजमा लागू हुने हो, ती जहाजमा आरएनपी(एआर प्रणाली लागू गर्न सकिने सिस्टम पहिल्यै हुन्छ,सबै जहाजमा यो प्रणाली हुँदैन ।’

आरएनपी(एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सका जहाजहरुले उडान र अवतरण गर्न भने समय लाग्ने तिवारीले बताए ।

यो विधि लागू गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम ९टेस्ट फ्लाइट० चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न समय लाग्ने तिवारीले खुलाए ।

‘हाल गौतमबुद्ध यांत्रिक विधि ९आईएफआर०मा उडान गर्दा न्यूनतम भिजिबिलिटी १८०० मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी(एआर विधिमा ९०० मिटर भिजिविलिटी भए जहाज अवतरण गर्न सक्नेछन्’, तिवारीले भने, ‘यो विधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन,कुन एङगलबाट जहाज एअरपोर्टमा ल्याण्ड गर्ने भन्ने पाइलटले फलो गर्नुपर्छ ।’

यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।

यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने तिवारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी(एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटिमा काम गर्ने उनले जानकारी दिए ।

भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट र फ्लाई दुबईले १३ जनवरीबाट उडान गर्ने भनेका छन् । कतार एअरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन ।

स्थानीय व्यवसायीले भने विमानस्थल राम्ररी चल्न आरएनपी(एआर प्रणाली लागू गरेर मात्र नपुग्ने औंल्याएका छन् ।

विमानस्थल राम्रोसंग चल्न श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, म्यानपावर कम्पनीका शाखा, एअरलाइन्स कम्पनीका सम्पर्क कार्यालय भैरहवामा तत्काल खोल्नुपर्ने व्यवसायीको माग छ । यी कार्यालय नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यताले यात्रु अभावको बहानामा अन्तर्राष्ट्रिय उडानले निरन्तरता नपाउने आशंका व्यवसायीमा छ । ‘भिजिबिलिटीको समस्या बाक्लो हुस्सु लाग्दा जाडो महिनामा मात्र हो, अरु महिनामा त मौसम सफा नै हुन्छ,त्यति बेला पर्याप्त यात्रु पाइएन भन्ने बहाना हुनसक्छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ भन्छन्, ‘सरकारले श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट लेटर जस्ता काम भैरहवामै हुने वातावरण तत्काल बनाउनुपर्छ ।’

भैरहवा विमानस्थलबाट जहाज चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेकाले कार्टेलिङ हटाउनुपर्ने,भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने,अनलाइन ई भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् ।

टिकट बिक्रीमा भइरहेको कार्टेलिङ अहिलेकै अवस्थामा रहे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगोरूपमा सञ्चालन हुनेमा शङ्कैशङ्का रहेको बजिमयले बताए ।

ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशहरु चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान लगायतबाट सरकारले सिधा उडानको उच्चस्तरीय पहल गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group