पर्सा, २८ फागुन। प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुन लागेको पुलको आज शिलान्यास गर्नुभयो ।
सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं. २ को विकासका लागि विदेशी दातृ निकाय लगानी गर्न तयार भएपनि यसका लागि केन्द्र सरकारसँग अनुमति लिनुपर्ने कानुनी प्रावधानका कारण लगानी ल्याउन नसकेको बताउनुभयो ।
मुख्यमन्त्री गद्दीले राज्य सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक ऐन कानुन तीन महिनाभित्र निर्माण गर्ने उल्लेख गर्दै तत्काल एक दर्जन कानुन निर्माणमा प्रदेश सरकार जुटेको छ भन्नुभयो ।
चार मिटर चौडाई, १० मिटर उचाइ र ४३ मिटर लम्बाइको उक्त पुल रु तीन करोड ५१ लाखको लागतमा निर्माण हुन लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्