ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका सरकारी ह्याकरले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको अमेरिकाको आरोप


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ५ : १०   बजे

काठमाडौं १६ पुस । अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डिसेम्बरको शुरूमा यो घटना भएको थियो । ह्याकिङको बारेमा ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई जानकारी दिँदै पत्र लेखेको पनि खुलेको छ । शङ्कास्पद गतिविधि पहिलो पटक डिसेम्बर २ मा देखिएको थियो तर कम्पनीलाई यो ह्याक हो कि होइन भनेर पत्ता लगाउन तीन दिन लागेको थियो ।

ह्याकरहरूले तीन दिनमा केही खाताहरू अदलीबदली गर्न र पासवर्डहरू परिवर्तन गर्न सक्षम भएका थिए । ह्याकरहरूले रकम चोरी गर्ने प्रयास गर्नुको सट्टा प्रणालीमा भएका जानकारी खोजिरहेका पाइएको छ ।

अमेरिकी एजेन्सीले ह्याकिङको यो घटनालाई गम्भीर रूपमा लिएको र सङ्घीय जाँच ब्युरो ९एफबीआई० सहित अरू एजेन्सीसँगको सहकार्यमा अनुसन्धानको काम भइरहेको जनाएको छ ।

वाशिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै चीनलाई बदनाम गराउने षड्यन्त्रका रूपमा यो हल्ला फैलाएको आरोप लगाउनुभएको छ । कुनै तथ्यगत आधारविना चीन सरकारमाथि आरोप लगाउनु गलत भएको चिनियाँ दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu