ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्नुअघि फोनमा सोधेका थिए : काठमाडौँको मौसम कस्तो छ ?


admin
२८ फाल्गुन २०७४, सोमबार   ८ : ४४   बजे

काठमाडौँ, २८ फागुन ।  ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो ।

ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७ः३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पतालसम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने उहाँको परिवारले थाहा पाउन सकेन ।

नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उहाँका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुँदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उहाँसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमान्ले नरुन सम्झाउँदा पनि उहाँको आँशु रोकिएको थिएन ।

त्यतिबेलासम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेकोे पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दिएको छ ।

विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझसम्म अवस्था पत्ता लागेको छैन । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुग्नुभयो । कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नुपरेको जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भन्नुभयो, “घटना सुन्नेबित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हालससम्म भेटिएको छैन ।” पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फर्कनुभएको थियो ।

नर्भिकमा उपचारका लागि ल्याइएका पाँचमध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउँकोमा गम्भीर चोट देखिएको छ । उहाँलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपचाररतमध्ये कीर्तिपुर निवासी बत्तिसपुतलीका ट्राभल एजेन्टस् व्यवसायी वसन्त बोहराको हातखुट्टा र टाउँकोमा चोट लागे पनि बोल्नसक्ने अवस्थामा हुनुहुन्छ । रेम्बो ट्राभल, गैह्रीधाराका आशिष रञ्जीत र लक्ष्मी ट्राभलका सनम शाक्यको पनि खुट्टा र हातमा चोट लागेको छ । “सनमलाई सघन उपचार कक्षमा भेटेर आएँ, बोल्न सक्ने हुनुहुन्छ”, उहाँका एक आफन्तले भन्नुभयो ।

सो विमानमा बंगलादेशमा ट्राभल एजेन्टस् व्यवसायीको एक पुरस्कार वितरण कार्यक्रममा सहभागी भई फर्केका र चिकित्सा शिक्षा पढेर फर्केका अधिकांश यात्रु सवार रहेको पाइएको छ । बंगलादेशी यात्रुको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group