ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महावीर पुनले बेचे डेढ लाख पुस्तक, ९ करोड भन्दा धेरै आम्दानी


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ११ : २८   बजे

काठमाडौं १८ पुस ।   राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा।महावीर पुनले सन् २०२४ मा एक लाख ५० हजार किताब बेचेका छन्।

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न पुनले आफैँद्वारा लिखित आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेचेका हुन्।

देशका विभिन्न जिल्लामा पुगेर डेढ लाख किताब बेच्दा नौ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको पुनले जानकारी दिएका छन्।

‘लौ है दाजुभाइ, दिदीबहिनीहरु, सन् २०२४ को अन्त्यसम्म बेचेको किताबको संख्या एक लाख ५० हजार नाघ्यो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘सन् २०२५ मा कम्तिमा पनि त्यति नै किताब बेच्न सहयोग गर्नुहोस्। २८३ दिनमा १५ हजार एकसय ६८ किलोमिटर यात्रा गरेर ३८ जिल्लामा किताब बेचियो। वीरगन्ज कृषि औजार कारखाना गुटुङटुङ चलेको छ। हेर्न जानुहोला।’

पुनले कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेका छन्। ३०८ पेज रहेको ‘महावीर पुन’ पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu