ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा लागेका छौँ: मुख्यमन्त्री लामा


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   १२ : ४०   बजे

काठमाडौं १८ पुस ।   बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पुर्‍याएको क्षतितर्फ बागमती सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफाडाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औद्योगीककरणका विकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेकोले असर न्यूनीकरणमा बागमती प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताउनुभएको छ ।

मेलम्ची नगरपालिका–९ स्थित २ हजार दुई सय ५० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउन बागमती प्रदेश सरकार लाग्ने उहाँले बताउनुभयो मेलम्ची नगरपालिकाले गुफाडाँडालाई जलवायु परिवर्तन अध्ययन केन्द्रमा विकास गर्नुपर्ने, विकसित राष्ट्रले उत्सर्जन गरेका कार्बनले नेपाललाई पुर्‍याएको असरको क्षतिपूर्ति पाउनुपर्ने, गुफाडाँडामा २०७५ सालबाट सुरु भएको जलवायु सम्मेलनको दिनलाई विश्व मान्यता दिइनुपर्नेमा नगरप्रमुख आइतमान तामाङले नेपाल सरकार, बागमती प्रदेश सरकार समक्ष प्रस्ताव पेस गर्ने निर्णय भएको बताउनुभएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामालगायतले नेपाल र सिन्धुपाल्चोकमा जलवायु परिवर्तनका असरले बर्सेनि विपदले जनधनको क्षति भइरहेको औँल्याउनुभएको छ । बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा।गङ्गादत्त नेपालले जलवायु परिवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरणका उपायका बारेमा उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त दिवसमा विद्यार्थीहरुले विभिन्न झाँकीलगायतका विभिन्न प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा हजारौँको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu