ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   १२ : ४२   बजे

काठमाडौं १८ पुस ।   नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा। नीतिशविक्रम देव र डा। रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो ।बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो ।

‘‘जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरि सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,’’ कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जन डा। देवले भन्नुभयो, ‘‘शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलाङ्गता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याहरुका बारेमा परामर्श तथा उपचार दिइन्छ ।’’

अर्का कन्सल्ट्यान्ट पिडियाट्रिक सर्जन डा। ओडले नेपालमै पहिलो पटक नर्भिकमा पिडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको बताउनुभयो ।

बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने सङ्क्रमण जस्ता समस्या आउन सक्ने भएकाले तिनीहरुको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पिडियाट्रिक अर्थोपेडिक विभागमार्फत गरिने डा ओडले जानकारी दिनुभयो ।

बालबालिकामा हाडजोर्नीसम्बन्धी कस्ता समस्या आउन सक्छन् रु

बालबालिकामा जन्मजात हातखुट्टामा टेढोपन आउने, उभिँदाखेरि घुँडामा टेढोपन देखिने, जन्मजात जोर्नी खुस्किने, मेरुदण्डको टेढोपनजस्ता समस्या देखिन सक्छन् । बेलैमा उपचार गर्ने हो भने यी समस्या निको हुन्छन् । अन्यथा यसले शारीरिक विकलाङ्गता निम्त्याउने र पछि जीवन निर्वाहमा समेत समस्या निम्त्याउने हुन्छ ।

त्यसैगरी, बालबालिकामा मांसपेशीका समस्या पनि देखिन सक्छन् । आनुवंशिक ९जेनेटिक० समस्याका कारण पछि गएर मांसपेशी कमजोर हुने, असन्तुलन हुने, जन्मजात हड्डीको बनावटमा समस्या देखिने तथा जोर्नी कडा हुने हुन सक्छन् । जसका कारण पछि गएर खेलकुदमा सहभागी हुन नसक्ने समस्या पनि देखिन सक्छन् ।

क्याल्सियमको कमीका कारण आउने समस्या ९मेटाबोलिक बोन डिजिज०, क्याल्सियम, भिटामिन डीजस्ता पोषक तत्वको कमी भएर लाग्ने रिकेटस् पनि हुन सक्छन् । यस्तै, जन्मने क्रममा घाँटीको नसामा चोट लागेर हात नचल्ने हुन सक्छ । यस्ता समस्याको बेलैमा पहिचान र उपचार गरी दीर्घकालीन रुपमा निम्तन सक्ने समस्याको निराकरण गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group