ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने हाे देउवा, ओली र प्रचण्डसंग छलफल गरौं-गगन थापा


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   १ : ३२   बजे

काठमाडौं १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन(कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन ।

उनले समितिको बैठकमा भनेका छन्, ‘एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं । भ्रष्टाचारको कुन(कुन फाइल खोल्ने हो छलफल गरौं ।’

राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने बताएका हुन ।

 

अन्यथा समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएकोले एकीकृत रूपमा समाधान खोज्नुपर्ने बताएका हुन । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।

‘बनाउने भए शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, महामन्त्री थापाले भने ।

महामन्त्री थापाले अगाडि भनेका छन्, ‘हामीले एक अर्कालाई खुइल्याउने पर्‍यो भने भ्रष्टचारको विषय आउने भयो। त्यसैले यो विधेयक ल्याउनु पर्‍यो । अहिले त हामी अख्तियारको कानुन बनाउँदै छौं । जति पनि विषय छन्। नागरिकको तहमा सबै जना मानिस भ्रष्टचारमा लिप्त भएको भन्ने भयो। अख्तियारलाई केही विषयमा थप अधिकार दिने हो भने दिउँ।’

उनले निर्दोष पर्नु नहुने र दोषी छुट्न नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group