ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन- प्रदीप ज्ञवाली


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ४ : १०   बजे

काठमाडौं १८ पुस । एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको अर्थ पनि नहुने प्रतिक्रिया दिएका छन्।

उनले तत्कालीन नेकपा हालको एमाले र माओवादी मिलेर बनेको पार्टी मा छँदा प्रचण्डले १९ पृष्ठको आरोप लगाएका थिए। अहिले रावलले त्यसैको नक्कल गरेर ३१ पृष्ठको दस्तावेज बनाएको ज्ञवालीले टिप्पणी गरे।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,’ उनले बिहीबार सचिवालय बैठकपछि पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग भने, ‘सायद १९ पेजको थियो। त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन। यसले त्यहाँभित्र कति धेरै नकारात्मकता भरिएको छभन्ने प्रस्ट भएको छ। समाज आफै प्रस्ट भएको छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा, गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो। अर्को अवस्था आयो, रविजी लामिछाने०हरू, त्यसरी नै उदाउनुभएको हो। गाली गरेर देश बन्दैन।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu