ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर प्रमुख चौधरीमाथि गोली हानेको आरोपमा विप्लवका तीनजना पक्राउ


admin
२९ फाल्गुन २०७४, मंगलबार   ९ : ४९   बजे

कैलाली, २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमणको आरोपमा तीन जना पक्राउ परेका छन् । चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई सोधपुछका लागि पक्राउ गरीएको प्रदेश नम्बर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले बताए ।

पक्राउ व्यक्तिहरु विप्लवको कार्यकर्ता रहेको जनाएको छ । उनीहरुसंग सोधपुछ जारी रहेको र अन्य संलग्नको खोजी भईरहेको नेपालले बताए ।

नगर प्रमुख चौधरीको अहिले कोहलपुर मेडीकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त भएपनि टाउकोमा चोट लागेकोले थप उपचारका लागि काठमाण्डौ लग्ने तयारी भैरहेको नेपालले बताए । उनलाई हेलिकप्टर मार्फत काठमाण्डौ लग्ने तयारी भैरहेको उनले बताए ।

घट्ना स्थलबाट प्रहरीले गोलीको एउटा खोका बरामद गरेको एआईजी नेपाललको बताउदै प्रहार गरिएको गोली पेस्तोलबाट चलाईएको बताए ।
सोमबार राति ८ बजेर १० मिनेटमा अज्ञात समुहले चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेका थिए । प्रहरी प्रमुख घिमिरेका अनुसार नगर प्रमुख चौधरीको टाउकोमा खुकुरी र कम्मर मुनि गोलीको छर्रा लागेको छ ।
चौधरीमाथि गोली र खुकुरी प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए ।

चौधरीको घरभन्दा ३० मिटर दुरीमा रहेको रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताए । महरालेनै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झा“क्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए । मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन खोजेका थिए ।

सेक्रेटरी ईन्चार्ज महानको हष्ताक्षरमा सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको माओवादी विज्ञप्ती जारी गरेको थियो ।
यसैबिच, युवा संघ नगर कमिटी घोडाघोडीले सुखड बजार बन्दको आह्वान गरेको छ । उसले चौधरी माथी आक्रमण गर्नेलाई तत्काल पक्राउँ गर्न दबाब दिन बन्दको आह्वान गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group