ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको काम पर्याप्त नभएको एमाले निष्कर्ष


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ४ : ५१   बजे

काठमाडौं १८ पुस । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।

‘यति ९अहिले गरिरहेको काम० पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’

यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ । ‘सरकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर थुप्रै कामहरु गर्न बाँकी रहेको ‘,’ ज्ञवालीले भने, ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ ।’

यो पनि पढ्नुहोस
ओलीको प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाबारे ‘गम्भीर विवेचना’
बैठकमा सरकारले ठोस कामहरुबारे पनि छलफल भएको उनले बताए । सरकारको बनेको पहिलो दिन नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन, नेपाली कांग्रेस र एमालेका बीचमा राजनीतिक संयन्त्र गठन गरेर राजनीतिक स्थायित्वको विश्वास दिलाउने काम भएको ज्ञवालीले बताए ।

 

राजनीतिक संयन्त्र अन्तर्गत कार्यदल बनाएर सरकारले गर्नुपर्ने कामको ९ वटा क्षेत्रहरुमा प्रष्ट भएको ज्ञवालीले बताए । ‘संविधान संशोधन, संघीयताको कार्यान्वयन, संसदमा विचाराधीन विधेकयहरु छिटो टुंग्याउने,’ ज्ञवालीले भने, ‘यी विषयहरुमा दुई दलका बीचमा विश्वासको बताावरण बनाएर स्थिरताको विश्वास दिलाउन सकेको छ ।’

राजश्व १७ प्रतिशत बृद्धि, लगानी बृद्धि लगायत देखिने कामहरु सरकारले गरेको पनि बैठकमा छलफल भएको ज्ञवालीले बताए ।

‘देखिनेगरी कामहरू भएको छ, संक्रमणकालीन न्याय सम्बन्धि विधेयक सर्वसहमतिले पारित भएको छ, आयोग बन्न अलिकति ढिलाइ भएको छ,’ उनले भने, ‘सहकारी क्षेत्रमा ६ हजार बचतकर्ताहरुको सबै रकम एक अर्ब ५७ करोड फिर्ता गरेको छ । ८ हजार बचतकर्ताको आंशिक फिर्ता गरेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu