काठमाडौं १९ पुस । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।
यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्