ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ११ : १९   बजे

काठमाडौं १९ पुस । दक्षिण कोरियाका प्रहरी अधिकारीहरू राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई पक्राउ गर्न राष्ट्रपतिको निवासमा पुगेका प्रहरी अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकिरहेको छ ।

युनका धेरै समर्थकहरू केही दिनदेखि राष्ट्रपतिको निवास बाहिर भेला भएर बसेका छन् । उनीहरुले बिहानैदेखि राष्ट्रपति पक्राउको कदमविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

युनका वकिलले गैरकानूनी रुपमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ गर्न चुनौती दिइरहेका बीबीसीले जनाएको छ । तर शक्तिको दुरुपयोग गरेको र विद्रोह उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीहरूसमक्ष उपस्थित भएर अनुसन्धानमा नसघाएको भन्दै एक अदालतले यस युनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

युनलाई गएको डिसेम्बर १४ मा सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि निलम्बन गरिएको थियो । तर देशको संवैधानिक अदालतले यसलाई समर्थन गरेमा मात्र उनलाई पदबाट हटाउन सकिन्छ । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group