ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छविको बयान, रवि र जीबीको गलत नियत बुझेपछि कम्पनी छाडेँ


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ७ : ४७   बजे

काठमाडौं २१ पुस ।  स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीले जीबी भन्ने गितेन्द्र बाबु राई र रवि लामिछानेको नियत गलत रहेको बयान दिएका छन्।

यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट झिकाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले उनको बयान लिएको थियो। बयानका क्रममा आफू निर्दोष रहेको दाबी गरेका जोशीले जीबी र रविको गलत नियत बुझेर नै आफूले गोर्खा मिडिया नेटवर्क छाडेको बयान दिएका छन्।

‘गोरखा मिडिया नेटवर्क प्रालिबाट छोटो समयमा आफू प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेको गलत नियत बुझी कम्पनी छाडि गएको हुँदा मलाई सो सम्बन्धमा कुनै चासो हुने कुरा रहेन’, पूर्वडीआईजी जोशीले बयानमा भनेका छन्।

रकमको सम्बन्धमा जीबी र रविलाई नै थाहा हुने उनको बयान छ। रवि र जीबीले विभिन्न मितिमा चेकमार्फत सहकारीको खातामा जम्मा गरिदिएको ९३ लाख ६ हजार ६६० रुपैयाँको विषयमा पनि उनीहरूलाई थाहा हुने छविको बयान छ।

स्वर्णलक्ष्मी सहकारीबाट पटक पटक गरी २ करोड ६५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा जम्मा भएको विषयमा पनि उनले हाल आएर मात्रै थाहा भएको बताएका छन्।

भौचरमा देखिएको १ करोड १८ लाख २८ हजार ११० रुपैयाँ पनि आफूले सहकारीबाट नलिएको उनको दाबी छ। भौचरमा संलग्न भएको उनको नामको निवेदन पनि आफ्नो नभएको जिकिर जोशीले गरेका छन्।

छविलाल जोशीको नामबाट खोलिएको स्वर्णलक्ष्मी सहकारीको खाता पनि आफ्नो नभएको भन्दै उनले आफ्नो नाममा फर्जी खाता सञ्चालन गर्ने व्यक्तिलाई पनि कारबाहीको माग गरेका छन्।

सहकारीको सफ्टवेयरमा उनीहरूले सामूहिक जमानीमा ३ करोड ४२ लाख ९८ हजार रुपैयाँ ऋण लिएको देखिएको थियो। तर आफू कम्पनीमा नभएकाले यस विषयमा पनि कुनै जानकारी नभएको जोशीले बयानमा दाबी गरेका छन्।

उनका नाममा जारी भएको एक करोड १८ लाख २८ हजार ११० रुपैयाँ २०७८ चैत ९ मा लिएको र सोही चैत २९ मा फिर्ता गरेको देखिएको छ।

उनले सबै कसुरमा इन्कार गरेर बयान दिएका छन्। तर अदालतमा उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरुबाट जम्मा २ अर्ब ४१ करोड बढी बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले बताए।

छविलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ। उक्त बिगो भराउन र कैदसहितको सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ। अहिले कास्की अदालतमा उनीहरुको थुनछेक बहस चलिरहेको छ। त्यहाँ थुनछेक आदेश भएपछि काठमाडौँ ल्याउने तयारी छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका ६६९ जना बचतकर्ताले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ ठगीएको भन्दै जाहेरी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group