ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको बयान, त्यतिखेर सहकारीको पैसाले टिभी खुलेको समाचार कसैले लेखेनन्, मैले कसरी थाहा पाउने?


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ८ : ०७   बजे

काठमाडौं २१ पुस ।  काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दायर भएको छ।

२ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी संगठित र नियोजित रूपमा ठगी गरेको भनी जिल्ला अदालत काठमाडौँमा दायर भएको अभियोगपत्रमा रविका नाममा मात्र ५ करोड ८ लाखभन्दा बढी बिगो दाबी गरिएको छ।

गितेन्द्रबाबु ९जीबी० राई समूहद्वारा सञ्चालित यस सहकारीको घोटाला भएकोमध्ये उल्लेख्य हिस्सा रवि प्रबन्ध निर्देशक तथा सेयरधनी रहेको गोर्खा मिडिया नेटवर्कमा गैरकानुनीरूपले परिचालन भएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

तर, रविले भने यस सहकारीबाट रकम ल्याउने विषयमा आफू संलग्न गोर्खा मिडियाले कुनै आधिकारिक निर्णय नगरेको र त्यसरी रकम आएको रहेछ भने त्यस प्रक्रियामा आफू संलग्न नरहेको तर्क गरेका छन्।

आर्थिक लगानीको पक्षमा सम्पूर्णरूपमा जीबी राई नै जिम्मेवार रहेको बयान रविले दिएका छन्।

भौचरहरूमा आफ्नो सही नरहेको, सहकारीका कुनै कर्मचारी तथा बचतकर्तालाई यसअघि नभेटेको, गोर्खा मिडियाका लगानीकर्ताको कुनै गैरकानुनी संलग्नता भए आफूलाई जानकारी दिन भनी सार्वजनिकरूपमै अपिल गर्दा पनि कसैले जानकारी नदिएको कारण पनि आफू निर्दोष रहेको दाबी उनले गरेका छन्।

अहिले दिनदिनै सहकारीको हेडलाइन बनाउने सञ्चार माध्यमले त्यतिखेर यसबारे कुनै समाचार नलेखेको कारण पनि आफू जानकारी पाउनबाट वञ्चित र पीडित भएको जिकिर पनि उनले बयानका क्रममा गरेका छन्।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहबरमा प्रहरीले लिएको बयानमा उनले भनेका छन्, ‘मैले अन्य सञ्चार माध्यमहरूलाई समेत ग्यालेक्सीका सञ्चालकहरूबारे गलत भेटिए समाचार बनाउन अपिल गरेको थिएँ। आज दिनदिनै हेडलाइन बनाउने एउटा पनि सञ्चार माध्यमले गैह्रकानुनी रूपमा सहकारीबाट आएको पैसाले ग्यालेक्सी टिभी खुलेको समाचार लेखेनन्। सार्वजनिक जीवन बाँचेको मजस्तो एक सामान्य सञ्चारकर्मीले सहकारीबाट रकम आएको थाहा पाउने अरू के आधार हुन सक्छन्। त्यसैले यो विषयमा म पीडित हुँ।’

रवि लामिछानेको बयानको अंश

मैले गोरखा मिडिया नेटवर्क छोड्दा कुनै वादविवाद भएर, झैझगडा भएर, मुद्दा मामिला भएर छोडेको होइन। गितेन्द्रबाबु राईलाई मैले प्रस्ताव राखेको थिएँ कि म राजनीतिमा प्रवेश गरे पनि आफ्नो कार्यक्रम नियमति रूपमा चलाउन सक्छु तर उनले आफै टेलिभिजनमा सक्रिय रहने भएकोले मलाई राजनीतिमा नै सक्रिय रहन सुझाव र शुभकामना दिएका थिए।

यदि औपचारिक रूपमा सार्वजनिक कार्यक्रम गरी देश र जनतालाई थाहा दिई स्वयम् कुमार रम्तेलसमेत सहभागी रहेर गोरखा मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारीहरू भेला गरी गितेन्द्रबाबु राईले फूलमाला, खादा लगाएर बिदाइ गरेका हुन्।

यसरी सहमति र समझदारीमा हामीले बिनाविवाद सहयात्रा टुंग्याएर कानुनीरूपमा समेत हरहिसाब बुझाएर बाहिरिएको विषयलाई अन्यथा भन्न मिल्दैन। कुनै पनि आधार, कारण र प्रमाणबिना मजस्ता धैरे मानिसको नाम दुरुपयोग भई सहकारीहरूमा रकम अपचलन गर्ने कार्य गितेन्द्रबाबु राईलगायतले गरेको कुरा विभिन्न अनुसन्धानहरूबाट खुल्दै आएको छ।

मलाई केन्द्रबिन्दुमा राखी सहकारी ठगीमा मेरो संलग्नता छ कि भनी छानबिन गर्न राज्यका सम्पूर्ण निकाय सम्मिलित संसदीय छानबिन समितिसमेत बन्यो। उक्त समितिमा सम्बन्धित बैंकहरू, राष्ट्र बैंक, सहकारी बोर्ड, सहकारी विभाग, सहकारी मन्त्रालय, विभिन्न चार्टर्ड एकाउन्टेन्ट, कारागारमा समेत रहेका मानिसहरू, नेपाल प्रहरी, संघीय संसदलगायत सम्पूर्ण निकायहरू सहभागी भई आफ्नो सम्पूर्ण स्रोतसाधन, विज्ञता, क्षमता लगाएर १२०० पृष्ठको प्रतिवेदन निकालियो। त्यसको निष्कर्षले समेत प्रस्ट पाऱ्यो र भन्यो कि सहकारीको रकम गोरखा मिडियामा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन। न कहीँ प्रमाण छन्, न प्रतिवेदनमा उल्लेख छ। न मलाई सहकारीमा गएको देख्नेभेट्ने कोही एकजना भेटिन्छन्।

मेरो टेलिभिजन कार्यकालमा देशभरका अनगिन्ती सहकारी पीडितहरू गुनासो गर्न आए, अनगिन्ती गुनासोकर्तालाई तिनको बचत फिर्ता गराउन मद्दत गरेँ। म टेलिभिजनमा रहुन्जेल यस स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालगायत कोही एक जना पनि कुनै दिन गुनासो गर्न आएनन्।

मैले सार्वजनिकरूपमा अपिल गरी यस टेलिभिजनका सञ्चालकहरूको उजुरी गुनासो भए र उक्त आधारमा यी सञ्चालकहरू गलत प्रमाणित भए एक मिनेटभित्र कि म ग्यालेक्सीमा हुन्नँ, कि उनीहरू ग्यालेक्सीमा हुँदैनन् भनेको थिएँ। मैले टेलिभिजन छोडेको लामो समयसम्म त्यस्तो एउटा मानिस पनि भेटिनँ।

मैले अन्य सञ्चार माध्यमहरूलाई समेत ग्यालेक्सीका सञ्चालकहरूबारे गलत भेटिए समाचार बनाउन अपिल गरेको थिएँ। आज दिनदिनै हेडलाइन बनाउने एउटा पनि सञ्चार माध्यमले गैह्रकानुनी रूपमा सहकारीबाट आएको पैसाले ग्यालेक्सी टिभी खुलेको समाचार लेखेनन्। सार्वजनिक जीवन बाँचेको मजस्तो एक सामान्य सञ्चारकर्मीले सहकारीबाट रकम आएको थाहा पाउने अरू के आधार हुन सक्छन्। त्यसैले यो विषयमा म पीडित हुँ।

झण्डै डेढ वर्षदेखि आफूले नगरेको अपराधको आरोपमा मेरो प्रतिष्ठा धुलिसात् पार्ने काम निरन्तर चलिरहेको छ। म यो आरोपको कुन मानसिकता र मनोबलका साथ सामना गरिरहेको छु भन्ने कुराको अन्दाज मलाई नै छैन। त्यसैले म निर्दोष छु। यति हुँदाहुँदै पनि सहकारी पीडितका लागि सबैभन्दा प्रभावकारी काम गर्ने हिजोको सञ्चारकर्मी र आजको जनप्रतिनिधि म नै हुँ।

फरार गितेन्द्रबाबु राईलाई नेपाल ल्याउन दुईदुईपटक मलेसियाका गृहमन्त्रीसँग संवाद गर्ने पनि म नै हुँ। उनको पासपोर्ट रद्द गरेर नेपाल ल्याउन सकिन्छ कि भनेर सम्मानित कास्की जिल्ला अदालतमा निवेदन दिन निर्देशन दिने गृहमन्त्री पनि म नै हुँ। गितेन्द्र बाबु राईलाई आकाशमा भए पनि पातलमा भए पनि ल्याउछौँ भन्ने गृहमन्त्री पनि म नै हुँ। अनि सहकारी ठगीको निराधार आरोप खेपेर झुटा मुद्दामा हिरासतको समय थपिँदै जिल्लाजिल्ला बयान दिँदै हिड्ने पीडित पनि म नै हुँ।

यिनै आधारबाट सहकारीको अपचलन मबाट भयो भन्ने आरोप निराधार र पुष्टयाइँ नहुने प्रष्ट छ। दोषी जोजो हुन्, उनीहरूलाई कानुनी दायरमा ल्याई उनीहरूबाट नै असुलउपर गरी पीडितको रकम फिर्ता गरिनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group