ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पासाङलाई पूर्वउपराष्ट्रपतिको सम्बोधन, उपाध्यक्षको कुर्सी


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ८ : ३३   बजे

काठमाडौं २१ पुस । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले सक्रिय राजनीतिमा आफ्नो उपस्थितिलाई औपचारिकता दिलाएका छन् । माओवादीको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समितिका बैठकसम्ममा उनी देखिन थालेका हुन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको पहिलो दिन आइतबार उनी बैठकमा सहभागी भए । यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा पनि उनी सहभागी हुने गरेका थिए ।

नन्दकिशोर पुन नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति हुन् । ७ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका नन्दकिशोर पार्टी राजनीतिमा प्रष्ट देखिन थालेका हुन् ।

माओवादीका नेताहरूका अनुसार उनकै चाहना अनुसार पार्टीले भूमिका दिलाउन लागेको हो ।

 

आइतबारको केन्द्रीय समिति बैठकमा पासाङले आफ्ना कुरा केही राखेनन् । बैठकमा उद्घोषणको जिम्मेवारी महासचिव देव गुरुङलाई दिइएको थियो ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुअघि उनले मञ्चमा रहेका नेताहरूलाई सम्बोधन गर्दै औपचारिक आशन ग्रहण गराएका थिए ।

सो क्रममा पुनलाई ‘पूर्वउपराष्ट्रपति’ सम्बोधन गर्दै महासचिव गुरुङले आशन ग्रहण गराए । बैठकमा सहभागी एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ ९नन्दकिशोर पुन० आजको बैठकमा सहभागी हुनुभयो । मञ्चमा महासचिवज्यूले पूर्वउपराष्ट्रपति भनेर सम्बोधन गर्नुभएको थियो ।’

 

बैठकमा पुनलाई अध्यक्ष प्रचण्ड बसेकै लहरमा बस्ने व्यवस्था मिलाइएको थियो । उनी बसेको ठाउँअघि ‘उपाध्यक्ष’ लेखिएको नेमप्लेट राखिएको थियो ।

माओवादीकै नेताहरू प्रचण्डले नेतृत्वमा अन्य नेताहरूले देखाएको चासो व्यवस्थापन गर्नका लागि पनि पुनलाई अघि सार्न खोजेको स्वीकार गर्छन् । ‘अध्यक्ष कमरेडले पदाधिकारीमा फ्यानहरू बढाउन पनि खोज्नुभएको होला,’ एक नेताले भने ।

प्रचण्डको देब्रेतिर सुरुमा उपाध्यक्ष कृष्णबहादुर महरा र त्यसपछि पुन बसेका थिए ।

हाल २१ सदस्यीय माओवादी केन्द्रको पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् भने उपाध्यक्षत्रय छन्– कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसाल ।

महासचिवमा देव गुरुङ छन् भने उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् ।

विगतमा जुनसुकै पृष्ठभूमिबाट आए पनि उपराष्ट्रपतिजस्ता राष्ट्रको सर्वोच्च अनि सर्वमान्य ओहदामा बसिसकेका व्यक्तिहरू नै फटाफट दलप्रति उत्तरदायी हुँदै पद दाबी गर्दै आउने अभ्यासलाई राजनीतिक वत्ताहरूले अनौठो र अनुपयुक्त भनी विश्लेषण गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group