ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम र जाजरकोट भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने सरकारको निर्णय


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ९ : ०२   बजे

काठमाडौं २१ पुस । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन ९डीडीए० गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गएको असोजमा काठमाण्डौलगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन ९डीडीए० गर्ने निर्णयसमेत गरेको बताउनुभयो । उहाँले डीडीए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्ड अनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत दिनुभयो ।

उहाँकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पूनर्निर्माणका लागि आवश्यक कानूनी एवम् आर्थिक विषयमा पनि छलफल भएको छ ।

गृहमन्त्री लेखकले यी निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गर्ने बताउनुभयो । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यी निर्णयहरू कार्यान्वयनको चरणमा जाने उहाँको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आजै बेलुका ७ बजे बालुवाटारमा बस्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu