ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   ८ : ११   बजे

काठमाडौं २२ पुस । दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि परेका प्रस्तावमध्ये १३ सय १४ वटा परियोजनालाई प्रारम्भिक सूचीमा छनौट गरेको हो ।

कर्जा परियोजनाको लागि पाँच हजारभन्दा धेरै आवेदन परेकोमा कृषि फार्म, होस्टेल, घरेलु उद्योग, सूचना प्रविधि क्षेत्र लगायतलाई प्राथमिकता दिएर प्रारम्भिक सूचीमा छनौट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रारम्भिक सूचीमा परेका परियोजनाका सञ्चालकहरुलाई प्रतिष्ठानले प्रस्तुतिकरणका लागि बोलाएको छ । प्रस्तुतिकरणका लागि यही पुस २८ गतेदेखि आउँदो चैत ११ गतेसम्मको समय तोकिएको छ ।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार छनौट भएका उद्यम तथा परियोजनालाई धितो मानेर ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा पाउन सकिने व्यवस्था छ ।

कर्जा अवधि बढीमा ५ वर्षको हुनेछ भने कर्जाको पहिलो किस्ता लिएको १ वर्षपछि सावाँ या ब्याजको रकम फिर्ता गर्न शुरू गर्नुपर्ने हुन्छ ।

सरकारले नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरेको हो । कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्नेछ ।

प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ ।

यस्तै उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएका उद्यमले यस्तो कर्जा पाउनेछन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

सम्बन्धित

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu