काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो योजना अगाडि सारेका हुन् ।
प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हरेक समितिले आगामी ६ महिनाभित्र कम्तिमा संगठित सदस्यता ५ प्रतिशत र आम सदस्यता १० प्रतिशत वृद्धि गर्ने गरी अभियानात्मक कार्यक्रम संचालन गर्नुपर्छ ।’
नयाँ पार्टी सदस्यता वितरण कार्य नियमित कार्य र हरेक पार्टी सदस्यले यसलाई महत्वपूर्ण कार्यसूची बनाउनुपर्ने पनि भनिएको छ ।
आगामी ९ महिनाभित्र सबै सदस्यको विवरण अनलाइन डिजिटल माध्यममा ल्याइसक्ने पनि कार्ययोजना छ ।
प्रतिक्रिया दिनुहोस्